कला
‘द केरला स्टोरी’ले तीन दिनमै कमायो ३५ करोड

नवपथ संवाददाता
काठमाडौं, वैशाख २५ (एजेन्सी)

फिल्म ‘द केरला स्टोरी’ले राम्रो कमाई गरेको छ।
रिलिजको तेस्रो दिन अर्थात् आइतबार फिल्मले करिब १६ करोडको कलेक्सन गरेको छ।
फिल्मले पहिलो दिन ८.०३ करोड, दोस्रो दिन १२.५० करोड र तेस्रो दिन करिब १६ करोड कमाएको छ।
फिल्मको कुल कमाई ३५ करोड नाघेको छ। फिल्ममा केरलाबाट कथित रूपमा बेपत्ता भई इस्लाम धर्म स्वीकार गर्ने केटीहरूको कथा देखाइएको छ।
फिल्मलाई लिएर निकै विवाद पनि भइरहेको छ। एक वर्गले फिल्मलाई प्रोपोगाण्डा भन्दै खण्डन गरिरहेको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०