खेलकुद

वर्षाले भारत र पाकिस्तानबीचको खेल रोकियो, अब भोलि हुने

सिया कपमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण एरोकिएको छ।

अब यो खेल भोलि अर्थात सोमबार हुने भएको छ।

श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल स्थगित गरिएको हो। 

त्यसपछि वर्षाका कारण खेल हुन नसकेको बिआइसीसीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

भारतीय टोलीले सोमबार आफ्नो इनिङ्स खेल जारी राख्ने जनाइएको छ।

आज भएको खेलमा विराट कोहली ८ रन र केएल राहुल १७ रनमा अविजित छन्। कप्तान रोहित शर्माले ५६ र शुभमन गिलले ५८ रन बनाएका छन्।

लिग राउन्डमा पनि भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, मंसिर १८ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १४ (एजेन्सी)