अर्थ/वाणिज्य
सुन तोलामा एक हजार रुपैयाँले घट्यो

नवपथ संवाददाता
काठमाडौं, जेठ ११

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ तोकिएको छ।
बुधबार छापावाल प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको भाउ १ लाख ९ हजार ३०० रुपैयाँ थियो।
बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ थियो।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०