अर्थ/वाणिज्य

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो।

यसैगरी, तेजावी सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० रुपैयाँ तोकिएको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी १३ सय ४५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०

प्रतिक्रिया दिनुहोस्