अर्थ/वाणिज्य
घट्यो सुनको मूल्य

नवपथ संवाददाता
काठमाडौं, भदौ २०

नेपाली बजारमा बुधबार पनि सुन-चाँदीको भाउ घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तीन सय रुपैयाँले घटेको हो।
आज छापावाल सुनको मूल्य एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १ हजार चार सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०