अर्थ/वाणिज्य

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार विदेशी मुद्राको विनिमय दर अनुसार डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३८ पैसा र बिक्री दर ८४ रुपैयाँ ७६ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०९ पैसा र बिक्री दर ९७ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ।

त्यस्तै, आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०

प्रतिक्रिया दिनुहोस्