अर्थ/वाणिज्य

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार विदेशी मुद्राको विनिमय दर आज डलरको खरिद दर १३२ रूपैयाँ ७२ पैसा र बिक्री दर १३३ रूपैयाँ ३२ पैसा रहेको छ।

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज युरो एकको खरिद दर १४२ रूपैयाँ ५३ पैसा छ भने बिक्री दर १४३ रूपैयाँ १७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५८ पैसा र बिक्री दर १६७ रूपैयाँ ३३ पैसा रहेको छ।

यस्तै कुवती दिनार एकको खरिद दर ४३० रुपैयाँ २० पैसा र बिक्री दर ४३२ रुपैयाँ १५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा छ भने बिक्री दर ३६ रूपैयाँ ५७ पैसा रहेको छ।

त्यस्तै, आज बहराइनी दिनार एकको खरिद दर ३५२ रुपैयाँ ५ पैसाँ र बिक्री दर ३५३ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०

प्रतिक्रिया दिनुहोस्