अर्थ/वाणिज्य
मेरो माइक्रोफाइनान्सको अध्यक्षमा सुमितबाबु खत्री


मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष सुमितबाबु खत्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
शुक्रबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टसमक्ष अध्यक्ष खत्रीले पद तथा गोपनियताको सपथ लिएका हुन्।
यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधि सन्जीव मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएससँगै बैंक तथा वित्तीय संस्थाको सञ्चालकमा बस्न नपाउने व्यवस्था अनुरुप सो पद खाली थियो।
संस्थाको २०८० भदौ २१ गते बसेको सञ्चालक समितिको १४५ औं बैठकले खत्रीलाई अध्यक्ष चयन गरेको थियो।
त्यस्तै, प्राइम कमर्सियल बैंक लिमिटेडबाट प्रतिनिधित्व हुने गरी नेपाल भुषण श्रेष्ठलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरेको छ।
संस्थाले ६४ जिल्लामा १४९ शाखा कार्यालयहरूबाट १ लाख ६१ हजार भन्दाबढी ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ।