अर्थ/वाणिज्य

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ४२ पैसा छ भने बिक्री दर १३३ रूपैयाँ ०२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ७२ पैसा र बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २३ पैसा र बिक्री दर १६६ रूपैयाँ ९८ पैसा रहेको छ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा छ भने बिक्री दर ३६ रूपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०

प्रतिक्रिया दिनुहोस्