अर्थ/वाणिज्य

ड्रुक एयर सुरू गर्‍यो भुटान-पोखरा उडान

भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान भरेको छ।

भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आएको ड्रुक एयरलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो।

उक्त जहाज ४२ यात्रु बोकेर थिम्पु गएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ।

गत पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो। भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित रूपमा अन्तर्राष्ट्रिय उडान अझै हुनसकेको छैन।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०

प्रतिक्रिया दिनुहोस्