अर्थ/वाणिज्य

पेट्रोलमा एक र डिजलमा तीन रुपैयाँ मूल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ।

नेपाल आयल निगमले शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी  पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको हो। 

बढेको भाउअनुसार पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ छ।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार नयाँ भाउ तोकेको हो।

आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ १२ पैसा र डिजेलमा दुई रूपैयाँ ९१ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको निगमले जनाएको छ।

बढेको मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्ने निगमले जनाएको छ।

यसैगरी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ प्रतिलिटर पर्ने छ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।

Petrol-new-price1694795491.jpg

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०

प्रतिक्रिया दिनुहोस्