अर्थ/वाणिज्य

तिहारका लागि सुन र चाँदीका सिक्का बिक्री सुरु

नेपाल राष्ट्र बैंङ्कले तिहारलाई लक्षित गरेर सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ। 

बैंङ्कले चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको हो। कार्तिक २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न सकिने बैंकले जनाएको छ।

सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ।

बैंकले हरेक बर्ष तिहारका अवसरमा सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको छ। 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०

प्रतिक्रिया दिनुहोस्