अर्थ/वाणिज्य

विद्युत प्राधिकरणमा खुल्यो जागिर, चार सय कर्मचारी माग

नेपाल विद्युत् प्राधिकरणले करिब चार सय कर्मचारी माग गरेको छ।

शुक्रबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म कर्मचारी माग गरेको हो।

सूचनामा प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको छ।

दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रबन्धक माग गरिएको छ।

तीन जना उपप्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायकस्तरका पदमा आह्वान गरिएको छ।

यसैषरी, प्रदेशहरूमा पनि कर्मचारी माग गरिएको छ।

मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्रीलगायतमा दरखास्त आह्वान गरिएको छ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ।

2023-11-10-12-08-50-gopa-kattik-24-10-16995795001699580538.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०

प्रतिक्रिया दिनुहोस्