अर्थ/वाणिज्य

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार?

नेपालमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ वृद्धि भएर कारोबार भएको छ।

चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०

प्रतिक्रिया दिनुहोस्