अर्थ/वाणिज्य

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर (सूचीसहित)

नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

दररेट अनुसार सोमबार भारू एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ। यसको बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३६ पैसा रहेको छ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९० पैसा र बिक्री दर १६९ रुपैयाँ ६६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०

प्रतिक्रिया दिनुहोस्