अर्थ/वाणिज्य

बढ्यो सुनको मूल्य

स्थानीय बजारमा सोमबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको जनाएको छ।

आइतबार छापावाल सुन तोलाको एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो।

 केही दिनयता सुनको मूल्य दैनिक नयाँ उचाइमा पुगेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०

प्रतिक्रिया दिनुहोस्