अर्थ/वाणिज्य

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो पाँच करोडसम्म पाइने ‘मेरो घर कर्जा’

राष्ट्रिय वाणिज्य बैंकले मेरो घर कर्जा योजना ल्याएको छ। 

घर खरिद, घर निर्माण तथा जग्गा खरिदका लागि बैंकले मेरो घर कर्जा योजना ल्याएको हो। 

यो योजनामा अधिकतम् पाँच करोड रुपैयाँसम्म कर्जा पाइने बैंकले जनाएको छ। 

मेरो घर कर्जाको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिने छ। 

हाल बैंकको बेसरेट ८.२५ रहेको छ। यसमा १.२५ प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा बैंकले मेरो घर कर्जा लगानी गर्ने छ। 

कर्जा प्रशोधन थगा सेवा शुल्क एक पटकका लागि रकम कर्जाको ०.२५ प्रतिशत लाग्ने छ। 

यो कर्जा मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम् २० वर्षका लागि प्रदान गरिने बैंकले जनाएको छ। 

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २८६ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ७० वटा एक्स्टेन्सन काउन्टर छन्।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०

प्रतिक्रिया दिनुहोस्