अर्थ/वाणिज्य

सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ। गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो। 

आइतबार ५०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो। 

साथै, गत शुक्रबारको तुलनामा आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ।

गत शुक्रबार १ हजार ३९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।   
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०

प्रतिक्रिया दिनुहोस्