अर्थ/वाणिज्य

डलरको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले सोबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

जसअनुसार भारतीय १०० को खरिद दर १६० रुपैयाँ छ। यसको बिक्री दर १६०.१५ पैसा रहेको छ।

आज अमेरिकी डलर भाउ स्थिर रहँदा युरो र पाउण्डको भाउ बढेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा छ। यसअघि आइतबार पनि अमेरिकी डलरको खरिद-बिक्री सोही मूल्यमा भएको थियो।

सोमबार युरोपियन युरोको एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ६० पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २१ पैसाले बढेको हो।

आइतबार यसको खरिद दर १४२ रुपैयाँ ७४ पैसा र बिक्री १४३ रुपैयाँ ३९ पैसामा कारोबार भएको थियो।  

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ भने २८ पैसाले बढेर एकको खरिद दर १६७ रुपैयाँ ३९ पैसा र बिक्री दर १६८ रुपैयाँ १५ पैसा कायम गरिएको छ। आइतबार भने यसको खरिद दर १६७ रुपैयाँ ११ पैसा र बिक्री दर १६७ रुपैयाँ ८७ पैसा तोकिएको थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८६ रुपैयाँ ४८ पैसा र बिक्री दर ८६ रुपैयाँ ८७ पैसा र क्यानेडियन डलरको एक खरिद दर भने ९८ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९३ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रुपैयाँ ९२ रहेको छ। चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रुपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रुपैयाँ ९६ पैसा तथा बिक्री दर १० रुपैयाँ कायम गरेको जनाइएको छ। 

यसैगरी, सोमबार कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ०९ पैसा र बिक्री दर ३६ रुपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८२ पैसा र बिक्री दर २७ रुपैयाँ ९५ पैसा कायम गरेको छ। 

साथै, कुवेती दिनार एकको खरिद दर ४३० रुपैयाँ ५२ पैसा र बिक्री दर ४३२ रुपैयाँ ४६ पैसा र बहराइन दिनार एकको खरिद दर ३५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०

प्रतिक्रिया दिनुहोस्