अर्थ/वाणिज्य

कालिमाटीको फलफूल तथा तरकारीको भाउ, लोकल मुला १० रुपैयाँ

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १००, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २४०, किबी ३००, आभोकाडो ३००, अम्बा ७० र स्ट्रबेरी भुइँऐंसेलु ३०० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेंडा ६०, भारतीय सानो गोलभेडा ३०, अदुवा २२०, रातो आलु र रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार भइरहेको छ। स्थानीय काउली २५, लौका ४०, कागती २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम् मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मुला र रातो मुला १० रुपैयाँ छ। लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी ९०, हरियो फर्सी लाम्चो ७० र हरियो डल्लो फर्सी ७० रुपैयाँमा खरिद-बिक्री हुँदैछ भने तोरीको साग र रायोको साग ४० रुपैयाँ, चमसुर, पालुंगो, मेथी, सौफको साग र जिरीको साग ७० रुपैयाँमा कारोबार हुने छ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज ९० र पुदीना ४५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन १०० रुपैयाँमा कारोबारको अनुमति दिएको छ। लाम्चो भान्टा ४०, भिण्डी ९० र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ।

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३१० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०

प्रतिक्रिया दिनुहोस्