सम्पादकीय
केसीको सरुवाले उनको मात्रै नभएर समग्र ठूला अपराधमा अनुसन्धान गर्ने प्रहरीहरूलाई झस्काएको छ। अब भोलिका दिनमा कुनै पनि प्रहरी अधिकृत यस्तो जोखिम मोलेर अपराध अनुसन्धान गर्न तयार हुने छैनन्।
पौडेलका क्रसर उद्योगमा पुग्ने जोकोही प्रशासकलाई त्यहाँका स्थानीयले भन्ने गरेका छन् - हाम्रो घरबास उठ्न लाग्यो, बिल्लीबाठ भयो, पानीका मुहान सुके, जग्गाजमिन कटानले तीव्रता पायो। भू-क्षय र बाढीपहिरोको जोखिममा पर्यौं- न्याय देऊ सरकार।
संकुचन भएको अर्थतन्त्रबीच नवपथले चुनौतीपूर्ण रूपमा एक वर्ष बिताएको छ। यो बीचमा हामीसँग साक्षात्कार गर्ने पाठक, विज्ञापनदाता र शुभचिन्तकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं।
आज देशमा तीन तहका सरकार छन्। यी तिनै सरकारमा विपन्न नागरिकका समस्या हेर्ने निकाय तहमाथि तह छन्। तर, ती निकायका सामुन्ने शवमाथि रकमको बार्गेनिङ हुनु र ती निकाय टुलुटुलु हुनु निर्लज्ज छ।
नवपथलले आजका मिडियाहरूबीचमा कस्तो धार समात्नु पर्छ? कस्तो व्यावसायिक अभ्यास समाजले स्वीकार गर्छ? त्यसरी पत्रकारिता गर्दा हामीले कस्तो व्यावसायिक ‘मोडल’ अपनाउनुपर्छ? प्रतिक्रिया चाहिएको छ।
सय दिनमा हामीले थुप्रै सामग्रीहरू पाठकमाझ प्रस्तुत गर्यौं, ती सामग्रीहरू कति पठनीय भए? सत्य-तथ्यमा आधारित भए/भएनन्? समाजले हामीप्रति के दृष्टिकोण राख्छ? हाम्रो मुख्य चिन्ता र सरोकार यही हो र यसको परीक्षण पाठक वर्गमै छोड्न चाहन्छौं।
आज अन्तर्राष्ट्रिय मजदुर दिवस हो। यो अवसरमा हामी नवपथमार्फत् संगठित मजदुरहरूको आवाज बुलंद गर्ने प्रतिज्ञा गर्न चाहन्छौं।