पाठक विचार
राष्ट्र अनेकन ज्वलन्त समस्याले ग्रसित हुँदासमेत तिनीहरूको सम्बोधनतर्फको प्रयास भने सत्तासीनहरूबाट अहिलेसम्म प्रदर्शित हुन नसक्नु आपत्तिजनक रहेको छ।
सामाजिक सञ्जाल उचित समयमा चलाउनु पर्छ। नचिनेको मान्छेलाई सामाजिक सञ्जालमा साथी बनाउनु हुँदैन।
सियो पनि बन्न नसक्ने देशमा एउटा सियो किन्दा पनि भ्रष्टाचार हुन्छ अनि कसरी विकास हुन्छ हाम्रो देशको?
सरकार यहाँ सोझासादा जनतालाई मात्र कानुन लाग्छ। कस्तो खालको व्यवस्था छ हो?
वेबसाइटहरू अपडेटेड नहुनुले मेरो संलग्नता प्रमाणित गर्दैनन्। तैपनि मेरो चुनौती छ, ल भन्नुस् म बाट कहिले कुन-कुन गैरकानुनी काम भयो?
पहिलेको जमानामा त हाम्रो संस्कार घरका ठूलाहरूप्रति आधरभाव अनि एउटा आशय र डर हुन्थो भने आजका पुस्तामा त्यसको उल्टो परिणाम देख्न सकिन्छ। के साच्चै कलियुग नै पल्टिन लाग्या हो त?
मन्त्री र पटक-पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन। सुकुम्बासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे।
मानिसको धन सम्पत्ति भनेको नै आफ्नो शरीर स्वस्थ रहनु हो। अझ भन्ने हो भने स-साना केटाकेटीहरूको शरीर स्वस्थ राख्न हामी ठूला मान्छेहरूकै दायित्व हुन जान्छ। छोराछोरीको उज्जवल भविष्य देखाउने पनि उसको अविभावक नै हुन्।
एउटा वरिष्ठ पाइलट निगमको नेतृत्वमा पुग्नु आफैंमा सौभाग्य हो। कम्तीमा उनलाई काम गर्ने अवसर दिएर आलोचना र समर्थन गर्न सकौं।
एकचोटि सोचौं त यस्ता व्यक्तिहरू धेरै समय अगाडि आएका भए आजको मितिसम्म पक्कै पनि अहिलेको भन्दा धेरै राम्रो भइसकेको हुने थियो नि हैन?
पालको राजनीतिमा युवा नेतृत्वलाई जिम्मेवारी दिने कुरामा राजनीति दल चुकेका छन्।