विचार/ब्लग

नेपालमा कुनै विचार विष्लेषणबिना नै कुनै दाताले रकमको जिम्मेवारी लिइदिने गरी कानुन निर्माणको प्रस्ताव ल्याउँछ। सम्बन्धित मन्त्रालय त्यसका लागि कुनै कुराको सोच विचार नगरी कार्यविधि वा नियम वा विनियमावली बनाइदिन तयार हुन्छन्। जुन प्रचलन कानुनको वैधता अनुकूल होइन। यो राज्य संरचनाको र राज्यशक्तिको दुरुपयोग हो।

राममाया लामिछाने
असोज २२

ज्येष्ठ नागरिक हुनु भनेको जिम्मेवार शून्य हुनु हो कि थप जिम्मेवार हुनु हो? यसबारे  बौद्धिक जेष्ठ नागरिकहरू र समाजबीच खुलेर छलफल, अन्तरक्रिया, मन्थन, चिन्तन र गन्थन किन हुँदैन?

देवीभक्त ढकाल
असोज १५

नवपथलाई व्यावसायिक रूपले अघि बढाउन र यसको निष्पक्षता कायम राख्न आजको विज्ञापन बजार र आम पाठक दुबैको संलग्नता जरुरी छ। सीमित आयस्रोतले नवपथ सञ्चालन हुन सक्दैन भन्नेमा हामी प्रष्ट छौं।

सम्पादकीय
असोज १२

एउटा डायरी दिने वा नदिने भन्ने निर्णयको अधिकार पनि प्रदेशसभा सचिवमा राखिनुले संघीयतामाथि नै प्रश्न चिन्ह लागेको मैले अनुभूत गरेको छु।

जयन्ता राई
असोज ६

पौडेलमाथिको थप विवरण हामी अर्को अंकमा पस्किँदैछौं। हामीमाथि समाचार लेखेर विज्ञापन मागेर ‘बार्गेनिङ’ गरेको आरोप लगाइको छ। त्यो मिथ्या हो भनी यहीँ चिर्न चाहन्छौं।  

खिलानाथ ढकाल
असोज ४

न्यायालयमाथि हस्तक्षेपमा अरुबाट होइन कानुनकर्मी बसेको न्यायपरिषदबाटै अन्यधिक हुँदो रहेछ भन्ने कुरा आम नागरिकले बुझ्न जरुरी छ। गैरसंवैधानिक न्यायपरिषद खारेज गरी नयाँ संरचनाको आवश्यकता देखियो।

राममाया लामिछाने
भदौ ३१

अब सहिदहरूको भावनासँग खेलबाड गर्नेहरूको टाउकोको केश जनताले काट्ने बेला आएको छ।

सरोजकुमार मिश्र
भदौ २६

नेपालमा सरकारी , निजि र सामुदायिक तिनै मोडेलको स्कुल क्याम्पसहरु संचालनमा छ। स्कुलस्तरीय शिक्षालाइ तिनै तहको सरकारको जिम्मेवारीमा राखिएको छ। लेखक तथा अनुसन्धानकर्ता सन्तोष परियारको डा. सचिन घिमिरेका अनुसार विश्व तर्फ हेर्दा स्कुल लेवलको शिक्षामा युरोपको प्रणाली राम्रो देखिएको छ।

नवपथ संवाददाता
काठामडौं, भदौ २३

नेता र उच्च पदस्थ कर्मचारीका पत्नी वा आफन्तहरूले राजनीतिमा कोटाको अवसर पटक-पटक लिनु कोटाको दुरुपयोग हो। निजामती वा लोकसेवाको परीक्षाको नियुक्तिदेखि बढुवामा वा निवृत्त हुने समयसम्म पनि एकै व्यक्तिले पटक-पटक कोटाको अवसर पाउने गरेका छन्।

राममाया लामिछाने
भदौ १६

अहिले सहकारी अभियानमा देखिएका जिल्लादेखि केन्द्रसम्मका कतिपय बडे नेताको सहकारी नै छैन। ज-जसको छ तिनको पनि हालत त्यति राम्रो छ भन्न सकिँदैन। सहकारी अभियानलाई सुधार्न पहिला नेताका सहकारीको सघन अनुगमन गरौं।

रामचन्द्र उप्रेती
भदौ १२

६ सन्तानका धनी हाम्रा बुबा वरिपरि खेल्ने नाति-नातिना छन्। तर अझै पनि बुबा मैनबत्तीझैं शान्त, शालीन, उज्यालो अनि स्पष्ट देखिनुहुन्छ।

माधव काफ्ले
भदौ ११

के यस्ता गीतलाई तीज गीतको नाम नदिएर रत्यौलीको समूहमा राख्न मिल्दैन र? तीजको वास्तविक भाका के हो त? रातो सारीमा नाच्दैमा दोहोरी र फोहोरी गीत पनि तीज गीत हुन्छन् त? हरिदेवी कोइराला, पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुलीका तीज गीत सुन्दा जसरी तीजको दर पाकेको अनुभूति हुन्थ्यो, त्यस्तै अनुभव गराउन सक्ने खुबी नयाँ पुस्तामा नभएकै हो त?

जुनी भण्डारी
भदौ ३

राजनीतिक दलको सिफारिस नै आए पनि ती सिफारिसमध्येको योग्य छनौट गर्ने अधिक प्रयास परिषदबाट गरियोस्। तर त्यो सिफारिसलाई आधार मानिदिँदा दलबाट सिफारिस लिई आउन नसक्ने तर न्यायाधीशका लागि योग्य व्यक्ति नछुट्ने विधि परिषदले अपनाउन जरुरी छ।

राममाया लामिछाने
भदौ २

सोचेजस्तो कहाँ हुन्छ र जीवन! जीवन जिउने कला व्यवहारमै खोज्नुपर्छ। आँशु र हासोबीचको संर्घषले साच्चिकै जिन्दगीलाई छुन्छ। महिलाको मर्म बुझ्ने समाज, भावना बुझिदिने परिवार र थकान महसुस गरिदिने श्रीमान् भए त्यसै जिन्दगी आहा! बनिदिन्छ।

जुनु भट्टराई
भदौ २

नवपथलले आजका मिडियाहरूबीचमा कस्तो धार समात्नु पर्छ? कस्तो व्यावसायिक अभ्यास समाजले स्वीकार गर्छ? त्यसरी पत्रकारिता गर्दा हामीले कस्तो व्यावसायिक ‘मोडल’ अपनाउनुपर्छ? प्रतिक्रिया चाहिएको छ।

सम्पादकीय
साउन ३०

नाथ्री फुट्ने समस्या बच्चाहरूमा बढी समस्या देखिन्छ। धेरै अभिभावक आफ्ना बालबालिकामा यस्तो समस्या देखियो भनेर लिएर आउनुहुन्छ। केटाकेटीहरूमा पटक-पटक नाक कोट्याउने, जे भेट्यो त्यो नाकमा हाल्नेजस्ता कारणले पनि नाकबाट रगत बग्ने समस्या देखिन्छ।

डा. रौनक दाहाल
साउन ३०

सय दिनमा हामीले थुप्रै सामग्रीहरू पाठकमाझ प्रस्तुत गर्‍यौं, ती सामग्रीहरू कति पठनीय भए? सत्य-तथ्यमा आधारित भए/भएनन्? समाजले हामीप्रति के दृष्टिकोण राख्छ? हाम्रो मुख्य चिन्ता र सरोकार यही हो र यसको परीक्षण पाठक वर्गमै छोड्न चाहन्छौं।

सम्पादकीय

युवाले सिर्जनशील ढंगले राजनीतिक परिवर्तनमा नेतृत्व गर्न सक्नुपर्छ भन्ने आवाज आजको आवश्यकता हो। दलका नेताबाट वितृष्णा जागेको बेला युवा नेतृत्व आउनुपर्छ भन्नु स्वाभाविक हो। सचेत युवाहरूको ऊर्जाशील, राष्ट्रभक्ति र चेतनशील विचार तथा सोच राज्यको नीति निर्माण र कार्यक्रम बनाउने स्थानमा आउनु पर्दछ।

प्रमिल अधिकारी
साउन २७

गौतमश्री सहकारीमा तीन वर्षअगाडि विभागले सघन अनुगमन गर्दा विनोद चौधरी र अजय सुमार्गीले १७ करोड रुपियाँ निक्षेपको रुपमा राखेको कुरा आएको छ। यो यस्तै प्रकारको धन हो भन्नेमा कुनै शंका छैन। यस्ता सहकारीमा केही सोझासिधा आम मानिसको पनि निक्षेप हुने र फस्ने गरेको छ।

रामचन्द्र उप्रेती
साउन २५