पाठक विचार

गणतन्त्रले लपेटेको देशको बिरासत

गणतन्त्रका नाममा काङ्ग्रेस र कम्युनिष्टका ‘दलाल’हरू तर्क गर्छन् कि त्यति नै बेला भारतमा रेल गुड्थे राजाले किन गुडाएनन्? हो- तिमीहरूले नदिएर, राणाले नदिएर। हैन भने राजा महेन्द्रमार्फत् कोशी ब्यारेजको पुल बन्दा धरान-चारकोशे झाडी छिचोलेर कोशी पुग्ने रेल लाइन खत्तम कसले गर्‍यो? महेन्द्रको उछितो काढ्ने तिमीहरूकै बिपी, पुष्पलाल र तिमीहरूकै वादले हैन?

त्यतिबेला भारत शिक्षाको केन्द्र थियो बनारस, कलकत्ता। त्यही समयमा भारतले औद्योगिक र कृषि क्रान्तिको बिगुल फुकिसकेको थियो। तर हामीसँग गतिलो कुलो थिएन। हामी देख्न सक्छौं, संसारका अनेक विश्वविद्यालय एक हजार वर्षको इतिहास बोकेर उभिएका छन्। शाहहरूलाई कसले रोक्यो दुई सय वर्षअगाडि विश्वविद्यालय बनाउन भनेर तर्क गर्ने भूषणी काङ्ग्रेस-कम्युनिष्टका विदेशी पादरीहरू हो सुन।

त्रिभुवन विश्वविद्यालय, चन्द्र संस्कृत, दरबार हाई स्कुल र देशभरि माध्यमिक तहसम्मका स्कुलहरू कसले खोल्यो? म स्वयम् २००८ सालमा राजाबाट स्थापना भएको स्कुलबाट एसएलसी गरेर आएको युवा हुँ। तिमीहरूजस्तै ‘अपराधी’ राणाहरू थिए। तिनीहरू आज गणतन्त्रका नामर्दहरूले जस्तै राजाहरूलाई छिर्के लगाएर काम गर्न नदिएको तथ्य किन स्वीकार्दैनौं?

अस्पताल बनाउन, रेल ल्याउन, कुलो, पैनी खन्न, विकास क्षेत्रैपिच्छे बडेबडे दरबार बनाउने शाहहरूलाई कसले रोक्यो त्यहाँ? भन्ने काङ्ग्रेस कमनिष्टका ‘डाकु’हरू हो सुन। विश्वकै दोस्रो हाइड्रोपावर फर्पिङ जलविद्युत कसले स्थापना गरेको? उतिबेला गाउँ-गाउँमा फार्म हाउस थिए। ती अहिलेका माओवादीले फार्म खाइसकेर हाउसको अस्थिरपञ्जर मात्रै बाँकी राखेको ज्वलन्त उदाहरण मेरै गाउँको एउटा दिँदैछु।

वि.सं. २००० तिरैको मेरो विकट गाउँको तल खोला किनारामा बलबहादुर निरौला (लप्टन बा)को आँप बगैंचा माओवादीहरूले कहिले उजाडे? खोज। मेरै गाउँमा आज गणतन्त्रको दुहाइदिने छोटे राजाहरू हो- तिनै राजाले पन्चायतकालमा १० किलोमिटर पाइपलाइन त्यो पनि जिआई पायप बिछ्याएर डङडङे, देवीधारा, चारमाने, यता बिखेको झोसेनी मुल मिलाएर तत्कालीन पोखरी गाउँ पन्चायतको संसारे भन्ने ठाउँमा अन्डरग्राउन्ड विशाल ट्याङ्की बनाए। आज गणतन्त्रले मरुभूमिजस्तै बनाएको गाउँमा उतिबेलै घर-घरमा धाराको व्यवस्था कसले गरेको?

अनि त्यतिबेला विकास क्षेत्र नै पिच्छे बडाबडा दरबार बनाएको चाहिँ देख्ने तिम्रा फुटेका आँखाले आज उत्पादन बिनाका ताइँ न तुइँका राज्यको सम्पत्ति दोहन गरी बनाएका गणतन्त्रका घिनलाग्दा विशाल विशाल भ्यू टावर चाहिँ किन नदेखेको हँ?

नाट्यशाला, पुस्तकालय र सांस्कृतिक केन्द्रहरू बनाउन, चोकचोकमा आफ्ना सालिक राख्न लगाउने राजाहरूलाई कसले रोक्यो नगरमा सुन्दर पार्क बनाउन? भनेर प्रश्न गर्ने गणतन्त्रका भ्रष्ट मानसिक रोगीहरू हो यता सुन।

राष्ट्रिय नाचघर कसले बनाएको? त्रिभुवन विश्वविद्यालयको लाइब्रेरी स्थापना कसले गरेको? राजदरबार घुम्न जाने तिमीहरू त्यहाँभित्र घुम्दा के देख्छौ? जावलाखेल चिडियाखाना कसले बनाएको? देशैभरिका राष्ट्रि निकुन्ज कसले बनाएको? आँखा च्यातेर हेर्नू! विश्वकै अब्बल कला अरनिकोको जन्म, बास्तुकला अनि काष्टमन्डपभित्रको नेवा सभ्यतासहित देशैभरिका जातजातिका धर्म संस्कृतिको जगेर्ना र सांस्कृतिक पुनरुत्थानहरू कसले गरेको? बेलायत, अमेरिका, कोरिया,  सिंगापुर, हङ्कङ, ब्रुनाई हुँदै भारतजस्ता आजका पावरफुल देशहरूमा यदि नेपाललाई राजाले कमजोर बनाएका भए हाम्रा युवा लडाकु हुन्छन् भनेर मागी-मागी किन आफ्नो पल्टनमा रेजिमेन्ट वा बटालियन बनाएर लगेका? कि यो पनि गणतन्त्रका दलालले नै गरेका भन्छौ?

संसारका प्राचीनतम् सहरहरू हजार वर्षको इतिहास बोकेर भव्यतापूर्वक उभिएका छन्। ठूला सडक, खुला ठाउँ, भव्य आवास, व्यवस्थित बनोट। तर हाम्रा सहरहरूलाई सुकुम्बासी बस्तीजस्तो अव्यवस्थित र साँघुरा बनाउने काम कसले गर्‍यो?

नेपालको माटोको बिरासत पहिलेको हो वा अमेरिकाको?

भगवान पसुपतिनाथको बिरासत पुरानो हो वा बाइबल र कुरान? चार बेदको जगमा अडिएको यो समाज। यो संसार र यो ब्रम्हान्ड पुरानो हो वा अहिलेका भ्याटिकने पास्चरको इतिहास? अनि यी माथिका सबै चिज वस्तु सभ्यता र संस्कृतिको रक्षार्थ उभिएको शाहवंशीय राजसंस्था चाहिँ गलत? अनि राजाहरूले वर्षौं कुँदाएर वा मेहनत गरेर बनाएका देवी देवालयका महंगा मूर्ति राजालाई नै चोर लगाई तिमीहरूमार्फत् विदेश पुर्‍याएर बेच्ने गणतन्त्रे लफङ्गाहरू चाहिँ महान भन्दिन पर्ने हो मैले पनि?

तिमिहरूमा अलिकति पनि नैतिकता भए २०७२ को भूकम्पले भत्काएको त्यो राजाले बनाएको सिंहदरबाको मुल गेट वरपरको जिर्णोद्वार अबको कति वर्ष बितेपछि सक्छौ हँ? त्यसको लागि राज्यकोष अझै कति लुटेपछि गर्छौ?

यो सबै हेर्दा लाग्छ के लाग्छ गणतन्त्रका छेपारेहरू? राजतन्त्रमा देश नरक थियो त? यसो भन्नु त फगत गणतन्त्रका सेवकहरूको भ्रम मात्रै हो। सत्य त यो हो कि, राजतन्त्रले यो देशलाई अझ हामी नेपालीलाई विश्वप्रतिस्पर्धाको महान् अवसरसँगै प्रतिस्पर्धा गर्न संकुचित हैन, अवसर जुटाउन खोज्यो। तर राणा, त्यसपछि स्वतन्त्रताका नाममा विदेशीको भारी बोकेर मदन र राजा वीरेन्द्र मारी उदाएका कुख्यात डाकुका पछिल्ला चेला  गिरिजा, शेरे, माकुने, आतंकवादको नाइके र ओलीजस्ता कुख्यात हलीहरूले यो देशलाई दिन रात तीन दशकबाट पालै पालो नंङ्ग्याएर गरिरहेको बलात्कार किन देख्दैनौं र राजा र राजसंस्थालाई दोष लगाउँछौ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०

प्रतिक्रिया दिनुहोस्