सूचना/प्रविधि
सामाजिक सञ्जाल ट्विटरमा फेरि देखियो निलो चरो

नवपथ संवाददाता
काठमाडौं, चैत २४

सामाजिक सञ्जाल ट्विटरमा फेरि निलो चरो देखिएको छ।
गत सोमबार ट्विटरको लोगोमा चराको ठाँउमा एउटा कुकुर देखिएको थियो। आफ्नो लोगो फेरिएकोबारे ट्विटरले सार्वजनिक रूपमा भने कुनै पनि जानकारी दिएको छैन्।
ट्विटरका मालिक एलन मस्कले आफ्नो पुरानो ट्विटलाई साझा गरेका थिए। सो ट्विटमा एलनले के नयाँ सामाजिक सञ्जालको माध्यमको आवश्यकता भएको हो भन्ने प्रश्न सोधेका थिए।
शुक्रबार भने ट्विटरमा पुरानै लोगोमा रहेको निलो चरो देखिएको छ। यसबारे पनि ट्विटरले आधिकारिक जानकारी दिएको छैन।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९