सूचना/प्रविधि
लोक दोहोरी एप सार्वजनिक

नवपथ संवाददाता
काठमाडौं, चैत २८

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोकदोहोरी एप सार्वजनिक गरेको छ।
उक्त एप सोमबार सार्वजनिक भएको हो।
प्रविधिको बढ्दो महत्त्वलाई मध्यनजर गर्दै उक्त एप प्रतिष्ठानले सार्वजनिक गरेको हो। हरेक गतिविधिलाई उक्त एपमा राखिने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९