सूचना/प्रविधि

भारत सरकारले लगायो १४ वटा एपमा रोक, आतंकवादी गतिविधिमा संलग्न भएको आरोप

भारत सरकारले १४ वटा मोबाइल मेसेजिङ एपलाई रोक लगाएको छ।

यी एपहरू आतंकवादीहरूले पाकिस्तानबाट सन्देश प्राप्त गर्न र मानिसहरूमाझ फैलाउन प्रयोग गरिरहेको दाबी भारतीय सरकारको छ।

रक्षा मन्त्रालय र गुप्तचर एजेन्सीहरूको सुझावमा केन्द्र सरकारले यो निर्णय गरेको बताइएको छ।

रोक लगाइएका एपहरूमा इमो, इनिग्मा, सेफस्वीस, बिच्याट, इलिमेन्टलगायत छन्।

यसअघि पनि देशको सुरक्षालाई दृष्टिगत गर्दै धेरै चिनियाँ एप भारतमा प्रतिबन्ध लगाइएको थियो।

सन् २०२० देखि भारतमा करिब २०० चिनियाँ एपहरू प्रतिबन्धित भएका छन्। जसमा प्रख्यात चिनियाँ सामाजिक सञ्जाल टिकटक पनि समावेश छ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, चैत २८