सूचना/प्रविधि
भिभोको भी-२७ सिरिज सार्वजनिक, यस्ता छन् विशेषता


भिभोले आफ्नो फ्ल्यागसिप भी सिरिजअन्तर्गत बहुप्रतिक्षित नयाँ स्मार्टफोन भी-२७ सिरिज सार्वजनिक गरेको छ।
यी दुबै स्मार्टफोनहरू ८ तारिखदेखि १४ तारिखसम्म (वैशाख २५ देखि ३१ गतेसम्म) प्रि-बुकिङ लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।
ग्राहकले भिभोका यी दुबै स्मार्टफोन तीन हजार रुपैयाँ तिरेरे प्रि-बुकिङ गर्न सक्नेछन्।
साथै ग्राहकहरूले भी-२७ फाइभजीको प्रि-बुकिङमा भिभो टिडब्लुएस एयर र भी-२७इको प्रि-बुकिङमा नोइज कलर फिट ग्राण्ड स्मार्टवाच पाउनेछन्।
फोनमा स्लिक डिजाइन, भी-२७ फाइभजीमा औरा लाइट पोट्रेट सिस्टम, ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्जलगायतका आकर्षक विशेषताहरू छन्।
भिभो भी-२७ सिरिजको बारेमा भिभो नेपालका जनरल म्यानेजर माइकलले भने, ‘भिभो भी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरूले गर्दा प्रयोगकर्ताहरू सधैं यस स्मार्टफोनहरूप्रति आकर्षित हुँदै आएका छन् । भिभोमा, हाम्रो मूल सिद्धान्त बेन्फेनप्रति हामी प्रतिबद्ध छौं, जसले निरन्तर अनुसन्धान र सही कामहरू गर्ने हामीलाई अग्रसर गर्दछ। र, भी-२७ सिरिज यो अटल प्रतिबद्धताको प्रमाण हो ।’
ग्लोइङ पोट्रेट सुनिश्चित गर्ने आकर्षक र उत्कृष्ट क्यामेरा
भी-२७ सिरिजका स्मार्टफोनहरूले मोबाइल फोटोग्राफीको संसारमा गेम-परिवर्तकको रूपमा काम गर्ने दाबी कम्पनीको छ। भी-२७ फाइभ जीमा औरा लाइट पोट्रेट प्रणाली छ जसले ग्लोइङ पोट्रेटमा एक्सपोजरलाई बढाएर उत्कृष्ट एवम् आकर्षक फोटोहरू खिच्न मद्दत गर्दछ।
भी-२७ फाइभजीमा ५० एमपी अल्ट्रा-सेन्सिङ रियर क्यामेरा र ५०एमपी अटोफोकश सेल्फी क्यामेराको साथमा सोनी आइएमएक्स-७६६भी सेन्सर रहेको छ । साथै, भी-२७ फाइभजीले सफ्ट र एकसमान प्रकाश प्रभाव प्रदान गर्दछ, जसले प्रयोगकर्ताहरूलाई रातिको समयमा पनि स्पष्ट, प्राकृतिक र उत्कृष्ट तस्बिरहरू खिच्न मद्दत गर्दछ।
त्यस्तै, भी-२७इको ६४ एमपी ओआईएस अल्ट्रा-सेन्सिङ क्यामराले स्थिर स्न्यापसटहरू प्रदान गर्दछ र कम प्रकाश अवस्थाहरूमा खिचिएका तस्बिरहरूको गुणस्तर वृद्धि गर्दछ।
यसमा भएको ३२एमपी एचडी सेल्फीबाट प्रयोगकर्ताहरुले स्पष्ट तस्वीरहरु खिच्न सक्छन् ।
दमदार स्क्रिन र मोहक डिजाइन
भ-२७ फाइभजी भिभोको नेपालको पहिलो १२० हर्ज थ्रिडी कर्भ स्मार्टफोन हो, जसले प्रयोगकर्ताहरूको भिजुअल अनुभव वृद्धि गर्दछ। त्यस्तै, भी-२७ इमा २.५डी स्क्रिन र १२० हर्ज एमोलेड डिस्प्ले रहेको छ जसले स्क्रिनको ब्राइटनेसलाई व्यवस्थित गर्दै जीवन्त रंगहरू प्रदान गर्दछ।
शानदार प्रदर्शन
भ-२७ सिरिजमा ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज छ र दुबै फोनहरू केवल १९ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। भी-२७ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेको छ जुन ४ एनएम मेकानिज्ममा सु-सज्जित छ।
त्यस्तै, भी-२७ इमा मिडियाटेक हेलियो जी९९ प्रोसेसर रहेको छ जसले सहज रूपमा एपहरूबाट स्वीच गर्न र डेटा स्टोर गर्न मद्दत गर्दछ।
भी-२७ फाइभजी दुई आकर्षक रंग म्याजिक ब्लू र नोबल ब्ल्याकमा ५८ हजार ९९९ मा उपलब्ध हुने छ र भी-२७ इ दुई उत्कृष्ट रंग ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा ४१ हजार ९९९ मा उपलब्ध हुने छ ।
दुवै स्मार्टफोनहरू ८ प्लस २५६ जिबी भेरियन्टमा मे १५ अर्थात् जेठ १ गतेबाट देशभरका सबै रिटेल स्टोरहरू र इ-कर्मसमा उपलब्ध हुने कम्पनीले जनाएको छ।