सूचना/प्रविधि
रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक, यस्ता छन् विषेशता


रियलमीले नयाँ पुस्ता अर्थात जेन-जिलाई लक्षित गरेर नेपालमा आफ्ना नयाँ दुईवटा स्मार्ट फोन मोडलहरू नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरू जनाउँछ। कटिङ एज फिचरहरू, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरूले नेपाली नयाँ पुस्ताको मन जित्ने आशा विश्वास गरिएको छ।
लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिष गिरी भने, ‘रियलमी नार्जो एन ५५ र एन ५३ सँगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ। नार्जो एन ५३ रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री-लेभल अल राउन्डर हो। यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ।’
७.४९ इन्चको अल्ट्रा स्लिम बडी भएको नार्जो एन ५३ अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल राउन्डर हो। सी-एङल बेजल डिजाइनको साथ आएको यो फोन समाउन र चलाउन अत्यन्तै सहज र हलुका छ। रियलमीको डाइनामिक र्याम एक्स्पान्सन टेक्नोलोजीले फोनमा हुने मेमोरीको समस्यालाई पनि समाधान गरेको छ। यसको मतलब हो, फोनमा भएको ६ जिबी र्यामलाई अर्को ६ जिबीसम्म बढाउन मिल्छ।
मुख्य फिचरहरू
६.७४ इन्चको मिनी ड्रप फुल स्क्रिन र ९०.३% को स्क्रिन-टु-बडी रेसियो भएको यो फोनले उच्चस्तरिय डिस्प्ले एक्स्पिरियन्स प्रदान गर्दछ। यो डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र फुल एचडी प्लस रेजोलुसन रहेको छ। जुन यो मूल्यमा उपलब्ध मोडलहरूमध्ये सबैभन्दा धेरै हो।
यसको ब्राइटनेस ४५० निटसको रहेको छ भने टच स्याम्प्लिङ् रेट १८० हर्ज रहेको छ। ३३ वाटको सुपर भोक चार्जिङसहित आउने यो फोन यो सेग्मेन्टमै सबैभन्दा चाँडो चार्ज हुने क्षमता राख्दछ।
सुपरभोक टेक्नोलोजीले हाइ भोल्टेज लो करेन्ट प्रविधी अपनाएर छिटो भन्दा छिटो चार्ज गर्न सक्छ। यो फोन फुल चार्ज हुन जम्मा ८८ मिनेट र आधा चार्ज हुन जम्मा ३१ मिनेट लाग्छ।
५००० एमएएचको शक्तिशाली ब्याट्री भएको यो फोनमा चार्जिङ प्रोटेक्सन सिस्टम रहेको हुनाले फोन छिटो पनि र सुरक्षित रुपमा पनि चार्ज हुन्छ।
यस फोनमा भएको शक्तिशाली ५० एमपीको एआई क्यामराले डिटेल्ड र उच्च गुणस्तरका तस्बिरहरू खिच्न सक्छ। यसमा नाइट मोड, पोर्ट«ेट मोड, एचडिआर, एआइ सिन रिकग्निसन र बोके इफेक्टजस्ता मोडहरू रहेका छन्।
रियलमी सी ५५ मा जस्तै यसमा पनि मिनी क्याप्सुल रहेको छ। यो मिनी क्याप्सुल आफैं स्क्रिनमा अडप्ट हुन्छ र यसमा ब्याट्रि स्टेटस, डाटा युजेज र स्टेप काउन्ट जस्ता नोटिफिकेसनहरु हेर्न मिल्छ।
नार्जो एन ५५ नयाँ पुस्ताको लागि पर्फेक्ट फोन हो। ३३ वाटको फास्ट चार्जिङ, ६४ एमपीको एआई क्यामरा, मिडिया टेक हेलियो जी ८८ चिप सेट र १२ जिबीसम्मको डाइनामिक र्याम र ९० हर्जको फुल एचडी प्लस डिस्प्ले जस्ता फिचरहरूले यो फोनलाई यस सेग्मेन्टको अन्य मोडलहरूको तुलनामा एक कदम अगाडि बनाएको छ।
मुख्य फिचरहरू
नार्जो एन ५५ मा मिडियाटेक हेलियो जी८८ चिप सेट रहेको छ जुन यो सेग्मेन्टमा हुने फोनहरूको लागि सबैभन्दा उच्चस्तरको हो। माली जी ५२ जिपियु र १२ एनएमको प्रोसेसिङ टेक्नोलोजी भएको यो चिप सेटले ग्राफिक्स प्रोसेसिङ त असाधारण तरिकाले गर्छ नै साथै मल्टीमिडिया, गेमिङ र मल्टीटास्किङको लागि पनि एकदमै सहज बनाउँछ।
९० हर्जको रिफ्रेस रेट, फुल एचडि डिस्प्ले र पन्च होल स्क्रिन भएको यो फोन चलाउन एकदमै शान्दार अनुभूति हुन्छ। ६.७२ इन्चको स्क्रिन र ९१.४% स्क्रिन-टु-बडी रेसियो भएकोले यो फोन चलाउँदा सहज अनुभूति हुन्छ। यो फोनमा सेन्ट्रल्ली लोकेटेड पन्च होलले गर्दा फुल स्क्रिन लुक र सिमेट्री एकदमै सुन्दर रहेको छ जुन नार्जो डिभाइसमै पहिलो पटक हो।
नार्जो एन ५५ यो सेगमेन्टकै एक मात्र स्मार्टफोन हो जसमा ०.७ म्याक्रोमिटरको बिग पिक्सेल साइज र १:२ इन्चको सेन्सर साइज युक्त ६४ एमपीको क्यामरा रहेको छ। यसमा २ एमपी रेजोलुसनयुक्त ब्ल्याक एन्ड व्हाइट लेन्स भएको ८ एमपीको सेल्फी क्यामरा पनि रहेको छ।
साथै यसमा बोके फ्लेयर पोटरेट, एआई कलर पोटरेट र स्टारी मोडको साथै प्रो-लाइट इमेजिङ टेक्नोलोजी पनि रहेको छ।
नार्जो एन ५५ सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा ३३ वाटको सुपरभोक चार्जिङ र ५००० एमएएच शक्तिशाली ब्याट्री रहेको छ। जम्मा २९ मिनेटमै ५०% चार्ज हुने यो फोन फुल चार्ज हुन ६३ मिनेट लाग्छ।
इनटेलिजेन्ट फाइभ कोर प्रोटेक्सन सिस्टम भएकोले यो फोन ओभरचार्ज, ओभर भोल्टेज, ओभर करेन्ट, ओभर टेम्पेरचर र एक्स्ट्रिम केस प्रोटेक्सन हुन्छ।
यसमा भएको मिनी क्याप्सुलमा ब्याट्री स्टेटस, डाटा युजेज र स्टेप काउन्ट जस्ता नोटिफिकेसनहरु हेर्न मिल्छ।
दुबै स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक बिक्रेताहरू मार्फत उपलब्ध हुनेछन्।
४+६४ जिबी स्टोरेज क्षमता भएको नार्जो ५३ मोडलको मूल्य १५,९९९ र ६+१२८ भेरियन्टको मूल्य १८,९९९ रहेको छ।
त्यसैगरी ४+६४ जिबी स्टोरेजसहितको नार्जो एन ५५ को मूल्य २०,४९९ र ६+१२८ भेरियन्टको मूल्य २४,४९९ रहेको छ।
नार्जो एन ५५ आकर्षक प्राइम ब्लु र प्राइम ब्ल्याकमा उपलब्ध छ भने एन ५३ फेदर गोल्ड र फेदर ब्ल्याकमा उपलब्ध छ।