सूचना/प्रविधि

अब फेसबुक-इन्स्टाग्राममार्फत व्यवसाय गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना !

अब सामाजिक सञ्जाल फेसबुक-इन्स्टाग्रामबाट अनलाइन व्यवसाय गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ।

मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सङ्घीय संसदको राष्ट्रिय सभामा दर्ता गराएको विद्युतीय व्यापार (ईकमर्स) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो। 

यस विधेयकको दफा ४ मा ईकमर्स गर्न चाहने व्यवसायीले विद्युतीय प्लेटफर्म (वेबसाइट, एप्लिकेसन) स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ। 

त्यस्तै वस्तु वा सेवाको व्यापार गर्न अनुमति प्राप्त गरेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले मात्रै विद्युतीय व्यापार गर्न सक्ने प्रावधान समेत विधेयकमा रहेको छ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०

प्रतिक्रिया दिनुहोस्