सूचना/प्रविधि
एसइई नतिजा सार्वजनिक गर्न आकाश एसएमएस प्रालि र राष्ट्रिय परीक्षा बोर्ड बिच सहकार्य

नवपथ संवाददाता
काठमाडौं, असार २१
1688621658.jpg)
प्रकाशनको अन्तिम चरणमा रहेको एसइई नतिजा सार्वजनिक गर्न आकाश एसएमएस प्रालि र राष्ट्रिय परीक्षा बोर्ड बिच सहकार्य हुने भएको छ।
आकाश टेक प्रालिका व्यापार व्यवस्थापक देवराज न्यौपानेका अनुसार एसइईका विद्यार्थीलाई सहज रुपमा नतिजा देखाउनको लागि यो सहकार्य भएको हो।
आकाश एसएमएसले परीक्षा बोर्डको सहकार्यमा बिगत ७ बर्ष देखि कक्षा १०, ११ र १२ को नतिजा सार्वजनिक गर्दै आइरहेको छ।
एसपटकको नतिजा कसरी हेर्ने ?
१. पहिले आफ्नो म्यासेज बक्समा जाने
२. नयाँ म्यासेजमा जाने
३. SEE लेखेर एउटा स्पेस दिने अनि आफ्नो सिम्बोल नम्बर लेख्ने
४. अनि ३१००३ मा एसएमएस पठाउने
उदाहरणको लागिस् SEE12345678 लेखेर ३१००३ मा पठाउने।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०