सूचना/प्रविधि
नेपाली बजारमा घट्यो आइफोनको मूल्य (सूचीसहित)


नेपाली बजारमा आइफोन १४ सिरिजहरूका प्रो माेडेलहरूकाे मूल्य घटेको छ।
नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जिनेक्स्ट (जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालि) ले हालै नयाँ मूल्य सार्वजनिक गरेको हो।
यसअघि आइफोन १४ प्रो मोडल १२८ जीबी इन्टर्नल स्टोरेज भएको फोनको मूल्य एक लाख ८० हजार १९० रुपैयाँ थियो भने अहिले यस भेरियन्टकाे एक लाख ७२ हजार ९९० रुपैयाँमा खरिद गर्न सकिन्छ। यो भेरियन्टमा कम्पनीले सात हजार २०० रुपैयाँ घटाएको हो।
त्यस्तै, २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको १४ प्रोको मूल्य कम्पनीले छ हजार ९०० रुपैयाँले घटेएको छ। यसअघि यो भेरियन्टको मूल्य एक लाख ९८ हजार ८९० थियो। कम्पनीले नयाँ मूल्य एक लाख ९१ हजार ९९० राखेको छ।
यसअघि आइफोन १४ प्रो ५१२ जीबी स्टोरेजको मूल्य दुई लाख ४६ हजार ९९० रुपैयाँ रहेकाेमा अब दुई लाख २८ हजार ९९० रुपैयाँमा खरिद गर्न सकिन्छ। यो भेरियन्टको मूल्य १८ हजार रुपैयाँले घटेको छ।
आइफोन १४ प्रो १ टीबी स्टोरेज भेरियन्ट १८ हजार रुपैयाँले घटेको छ। यसअघि दुई लाख ८४ हजार रुपैयाँ रहेकाे उक्त फाेन अब दुई लाख ६६ हजार ९९० रुपैयाँमा खरिद गर्न सकिन्छ।
यस्तै, आइफोन १४ प्रो म्याक्सका पनि चारै वटा भेरियन्टको मूल्य घटेको छ। १२८ जीबी स्टोरेज भेरियन्टको आइफोन १४ प्रो म्याक्सको मूल्य छ हजार ९०० रुपैयाँले घटेको छ।
आइफोन १४ प्रो म्याक्सको २५६ जीबी भेरियन्ट छ हजार ८०० रुपैयाँले घटेको छ। यसअघि दुई लाख १७ हजार ७९० रुपैयाँ पर्ने अब दुई लाख १० हजार ९९० रुपैयाँमा खरिद गर्न सकिन्छ।
त्यसैगरी, १४ प्रो म्याक्स ५१२ जीबी भेरियन्टको मूल्य दुई लाख ६५ हजार ९९० रुपैयाँ रहेकाेमा अब दुई लाख ४७ हजार ९९० रुपैयाँमा खरिद गर्न सकिन्छ। यो भेरियन्टको मूल्य १८ हजार रुपैयाँले घटेको छ।
यसैगरी, आइफोन १४ प्रो म्याक्स १ टीबी भेरियन्टको मूल्य १९ हजार रुपैयाँ घटेको छ। यसअघि तीन लाख चार हजार ९९० रुपैयाँ पर्ने यो भेरियन्ट अब दुई लाख ८५ हजार ९९० रुपैयाँमा खरिद गर्न सकिन्छ।
S.N | Model Name | Capacity | Old MRP | New MRP |
---|---|---|---|---|
1 | iphone 14 pro | 128GB | 180190 | 172990 |
2 | iphone 14 pro | 256 GB | 198890 | 191990 |
3 | iphone 14 pro | 512 GB | 246990 | 228990 |
4 | iphone 14 pro | 1TB | 284990 | 266990 |
5 | iphone 14 pro max | 128 GB | 198890 | 191990 |
6 | iphone 14 pro max | 256 GB | 217790 | 210990 |
7 | iphone 14 pro max | 512 GB | 265990 | 247990 |
8 | iphone 14 pro max | 1 TB | 304990 | 285990 |