सूचना/प्रविधि

अन्ततः ट्विटरको चराले पायो मुक्ति, नाम र लोगो फेरेर राखियो ‘एक्स’

चर्चित सामाजिक सञ्जाल नेटवर्क ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको छ।

सोमबार नेपाली समय अनुसार दिउँसो करिब ३ बजेदेखि विश्वभर ट्विटरको नयाँ लोगो लाइभ गरिएको हो। यससँगै डेस्कटपमा ट्वीटरको नयाँ लोगो देखिन थालिसकेको छ। 

ट्वीटरका प्रमुख एलन मस्कले आइतबार ट्वीटरको लोगो परिवर्तन गर्ने घोषणा गरेका थिए। 

सो लगत्तै सोमबार आफ्नो प्रोफाइल पिक्चरमा नयाँ लोगो राखेका छन्। ट्विटरको नयाँ लोगोले प्रयोगकर्ताहरुमा राम्रो रेस्पोन्स भने पाइरहेको छैन।

धेरैले मस्क आएपछि ट्विटरमा जथाभावि परिवर्तन गरिरहेको भन्दै आलोचना गरेका छन्।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०

प्रतिक्रिया दिनुहोस्