सूचना/प्रविधि

५६ हजार रुपैयाँ मूल्य बराबरको सामसङ ग्यालेक्सी वाच सिक्स सार्वजनिक

सामसङले ग्यालेक्सी वाच सिक्स सिरिज सार्वजनिक गरेको छ।

कम्पनीले बुधबार दक्षिण कोरियामा आयोजित अनप्याक्ड इभेन्टमा दुई मोडेलका सिरिज सार्वजनिक गरेकाे हाे।

कम्पनीका अनुसार ग्यालेक्सी वाच सिक्स र ग्यालेक्सी वाच सिक्स क्लासिकको प्रि-अर्डर खुलाइएको छ, सो वाच अगस्ट ११ देखि विश्वबजारमा उपलब्ध गराउने तयारी रहेको छ।

यो वाच दुई भर्सनमा छ, वाच सिक्स ४० एमएमको मूल्य करिब ३९ हजार रुपैयाँ र ४४ एमएमको मूल्य करिब ४३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

यस्तै कम्पनीले वाच सिक्स क्लासिक अन्तर्गत ३४ र ४७ एमएम भेरियन्ट सुरुवाती मूल्य करिब ५२ हजार रुपैयाँ र  ५६ हजार रुपैयाँ तोकेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०

प्रतिक्रिया दिनुहोस्