सूचना/प्रविधि
अब भारतमा पनि आइफोन १५ उत्पादन हुने

नवपथ संवाददाता
काठमाडौं, भदौ ६

एप्पलले आइफोन १५ को उत्पादन भारतमा पनि सुरू गरेको छ।
भारतको तमिलनाडुस्थित एप्पलको आपूर्तिकर्ता फक्सकनले आफ्नो प्लान्टमा आइफोनकाे नयाँ सिरिज उत्पादन थालेको हो।
अमेरिका-चीनबीच बढ्दाे तिक्तताका बीच एप्पलले चीनमाथिको उत्पादन निर्भरता घटाउन भारतीय प्लान्टलाई प्राथमिकता दिने गरेकाे छ।
पछिल्लो समय एप्पलले भारतमा आफ्नो आइफोन उत्पादनको मात्रा बढाउँदै लगेको छ। सन् २०२२ मा मात्रै भारतमा सात अर्ब डलर बढी मूल्यको आइफोन एसेम्बल भएको थियो।
भारतमा फक्सकन बाहेक पेगाट्रोन, टाटा ग्रुप जस्ता अन्य कम्पनीले पनि आइफोन १५ एसेम्बल गर्न लागेकाे बताइएकाे छ। आउँदो सेप्टेम्बर महिनामा हुने 'एप्पल इभेन्ट'मा आईफोन १५ सार्वजनिक हुँदैछ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०