सूचना/प्रविधि

ह्वाट्सएपमा स्क्रीन शेयर फिचर सार्वजनिक

अब ह्वाट्सएपमा स्क्रीन शेयर गर्न सकिने भएको छ।

यस फिचरले समूह भिडियो कल वा एकल भिडियो कल भइरहेका बखत एक अर्कासँग स्क्रीन शेयर गर्न सकिने छ।

यो स्क्रिन कल कन्ट्रोल भ्यूमा उपलब्ध छ। यहाँ प्रयोगकर्ताले कल म्युट गर्ने अप्सन पनि पाउँछन्।

यस बाहेक क्यामेरा रोटेट र स्क्रिन सेयरिङको साथमा कल एण्ड गर्ने अप्सन पनि रहेको छ।  प्रयोगकर्ताले स्क्रिन सेयरिङ अन गर्ने बित्तिकै, स्क्रिन रेकर्डिङ सुरु हुन्छ र अन्य सहभागीहरूसँग आफ्नो स्क्रीनमा रहेको करा सेयर गर्न सकिन्छ। 

नयाँ सुविधा प्रयोग गर्न एन्ड्रोइडको नयाँ संस्करण हुनु आवश्यक छ। यसका साथै भिडियो कलका सबै सहभागीहरूसँग एन्ड्रोइडको नयाँ संस्करण पनि हुनु पर्छ। यो सुविधाले ठूला ग्रुप कलहरूमा काम गर्दैन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०

प्रतिक्रिया दिनुहोस्