सूचना/प्रविधि

अब चाँडै ट्वीटरमा अडियो/भिडियो कलको सुविधा आउने

अमेरिकी अर्बपति व्यापारी एलोन मस्कले चाँडै नै आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा भिडियो र अडियो कलको सुविधा उपलब्ध हुने घोषणा गरेका छन्।

उनले यो नयाँ फिचर एन्ड्रोइड, आइओएस, पिसी र म्याकमा काम गर्ने बताए।

उनले लेखेका छन्, ‘ट्वीटरमा अडियो र भिडियो कल सुविधा चाँडै आउँदैछ। यसले आइओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्ट कम्प्युटरहरूमा काम गर्नेछ।’

यसका लागि कुनै फोन नम्बर आवश्यक पर्दैन। ‘ट्वीटरमा कलको लागि विश्वव्यापी ठेगाना पुस्तिका हुनेछ। यो यस सुविधाको सबैभन्दा विशेष कुरा हुनेछ,’ उनले भनेका छन्।

यद्यपि, यो सुविधा पहिले नै ह्वाट्सएप, फेसबुक मेसेन्जर, इन्स्टाग्रामजस्ता मेसेजिङ एपहरूमा उपलब्ध छ।

ट्वीटरमा भिडियो र अडियो कल गर्ने सुविधा कहिलेदेखि उपलब्ध हुने भन्नेबारे मस्क वा ट्वीटरले कुनै जानकारी दिएको छैन।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०

प्रतिक्रिया दिनुहोस्