सूचना/प्रविधि
एप्पलले गुमायो दुई दिनमै दुई सय अर्ब डलर

नवपथ संवाददाता
काठमाडौं, भदौ २२ (एजेन्सी)

आइफोन निर्माता एप्पलको सेयरमा लगातार दोस्रो दिन गिरावट आएको छ।
एप्पलको सेयरमा आएको यो गिरावटलाई चिनियाँ सरकारको निर्णयसँग जोडिएको छ। जसमा सरकारी कर्मचारीहरूलाई आइफोन प्रयोग नगर्न निर्देशन दिइएको छ।
अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जनरल’ले बुधबार एक रिपोर्टमा चिनियाँ सरकारको यो निर्णयको दाबी गरेको थियो।
यो खबरपछि एप्पलले २०० अर्ब डलर गुमाएको छ।
चीन एप्पलका लागि विश्वको तेस्रो ठूलो बजार हो। यसका अधिकांश उत्पादनहरू चीनमा बनेका छन्।
वाल स्ट्रिट जनरलको यो प्रतिवेदन वासिङ्टन र बेइजिङबीच जारी तनावको वातावरणमा आएको दाबी गरिएको छ।
यसबारे चिनियाँ सरकारले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०