सूचना/प्रविधि
गोसाइँकुण्डमा नेपाल टेलिकमको टुजी मोबाइल सेवा सञ्चालन

नवपथ संवाददाता
रसुवा, भदौ ३०

रसुवाको गोसाईकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ।
भक्तजन र पर्यटकका लागि लक्षित गरी नेपाल टेलिकमले गोसाईकुण्डमा भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो।
कम्पनीका अनुसार अब यस क्षेत्रमा टुजी मोबाइल सेवा चलाउन सकिने जनाएकाे छ। कम्पनीले गोसाईकुण्ड र सूर्यकुण्डलाई लक्षित गरी एउटा र भैरवकुण्ड तथा राजमार्ग क्षेत्रलाई लक्षित गरी अर्को एन्टेना जडान गरेको हो।
अबका दिनमा तीर्थ जाँदा बिरामी परे हेलिकप्टर वा अन्य स्थानबाट मानवीय सहयोग माग्न सहज भएको छ। आगामी दिनमा यो क्षेत्रमा माइक्रोवेभ लिंकमार्फत अझ प्रभावकारी सेवा उपलब्ध गराउने टेलिकमको योजना छ ।
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०