सूचना/प्रविधि

गुगलले भारतबाट आफ्ना स्मार्टफोन उत्पादन गर्ने

गुगलले आफ्नो पिक्सल सिरिजका स्मार्टफोनहरू भारतमा उत्पादन गर्ने  भएको छ। यी मोबाइल सेटहरू सन् २०२४ देखि उपलब्ध हुने गुगलले बताएको छ।

समाचार एजेन्सी पिटिआइका अनुसार गुगलका डिभाइस एण्ड सर्भिसका वरिष्ठ उपाध्यक्ष रिक ओस्टरलोले भारतमा स्मार्टफोन उत्पादन गर्न अन्तर्राष्ट्रिय उत्पादकहरूसँग साझेदारी गरिने बताए।

उनले भने, ‘हामी भारतमा गुगल पिक्सल सिरिजका स्मार्टफोनहरू निर्माण गर्न सुरू गर्नेछौं।’

दूरसञ्चार मन्त्री अश्विनी वैष्णवको उपस्थितिमा उनले यस्तो घोषणा गरेका हुन्।

गुगलका सिइओ सुन्दर पिचाईले ट्वीटरमा लेखेका छन्, ‘पिक्सल स्मार्टफोनहरू स्थानीय रूपमा उत्पादन गर्ने योजना साझा गरिएको छ र हामी यी ह्यान्डसेटहरू २०२४ सम्ममा उपलब्ध हुने आशा गर्दछौं।’

उनले गुगल भारतको डिजिटल विकासमा भरपर्दो साझेदार बन्न प्रतिबद्ध रहेको बताए।

उनले गुगलले खोजमा स्थानीय जेनेरेटिभ एआई अनुभव समावेश गर्दै सरकारको महत्त्वपूर्ण योजनाहरूमा मद्दत गर्न सक्ने बताए।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, कात्तिक २ (एजेन्सी)