सूचना/प्रविधि

अवैध रुपमा ल्याइएका मोबाइल आजदेखि ब्लक हुने

आजदेखि अवैध तथा गैरकानुनी रूपमा ल्याइएका फोन ब्लक हुने भएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली लागू गर्ने भएसँगै सोमबारदेखि त्यस्ता फोन ब्लक हुने भएका हुन्।

यो प्रणाली लागूसँगै दर्ता नभएका फोनहरू ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले बताए।

एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा सिमकार्ड चल्ने छैन।

प्राधिकरणले गत कात्तिक ४ गते १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल सेटहरू दर्ता गर्न सूचना जारी गरेको थियो।

सोही अनुसार प्राधिकरणले सोमबारदेखि एमडिएमएस लागू गर्न लागेको हो।

खनालका अनुसार सुरूमा 'हाइ रेन्ज' का मोबाइलसेटमा यो लागू हुनेछ, यसमा एक लाखभन्दा महंगा फोनहरू पर्छन्।

प्रणालीमा दर्ता नभएका बाँकी सेटहरू क्रमशः दैनिक रूपमा ब्लक हुँदै जाने उनले बताए।

आफ्नो फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ। यसका लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ।

नयाँ सेट छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, कात्तिक २ (एजेन्सी)