सूचना/प्रविधि

एनसेलको इन्डिया रोमिङ प्याक, क-कसलाई छ फाइदा?

एनसेलले छिमेकी मित्रराष्ट्र भारत भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरूका लागि आकर्षक रोमिङ प्याक सञ्चालनमा ल्याएको छ। यो प्याक सुचारू गर्दा ग्राहकले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्ने एनसेलले जनाएको छ।

ग्राहकले करसहित १०० रुपैयाँमा यो रोमिङ प्याक सुचारू गर्न सक्छन् र तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सक्छन्। यसको अर्थ प्रतिदिन मात्र ३३ रुपैयाँमा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुने छ।

यति मात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा पाउँछन् र भ्वाइस र एसएमएस सेवामा शुल्कमा भारी छुट पाउँछन्।

यो प्याक शुक्रबार (माघ १९)बाट सञ्चालनमा आएको हो। यो प्याकले सिमावर्ती सहरहरू वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुरलगायत सहरहरूबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुरजस्ता ग्राहकहरूको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ। त्यसैगरी, यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरूलाई पनि विशेष महत्व राख्दछ।

ग्राहकहरुले एष्ट्रिक्स १७१२९ एष्ट्रिक्स ५ ह्यास डायल गरी यो प्याक लिन सक्छन्। त्यसैगरी यो प्याक अन्य माद्यम एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरूमार्फत् पनि सुचारू गर्न सकिन्छ।

यो प्याक लिनेवित्तिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारू हुन्छ र ग्राहकले तत्कालै ५०० एमबी डेटा पाउँछन् साथै इनकमिङ कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयुगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन्। यसको मतलब ग्राहकले करसहित मात्र १६.४८ रुपैयाँमाप्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन्। साथै पेएजयुगोको प्रतिएसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र करसहित ६.३४ रुपैयाँमा एसएमएस पठाउन सक्छन्।

एक पटक सुचारु गरेपछि प्याक तीन दिनका लागि मान्य रहन्छ र ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाइको आधारमा जतिपटक पनि यो प्याक लिन सक्छन्।

यो रोमिङ प्याकले बारम्बार भारत भ्रमण गर्नुपर्ने ग्राहकहरूका लागि झन्झटरहित दूरसञ्चार सेवा सुनिश्चित गर्दछ। सबै भारतीय सेवा प्रदायकहरूसँग आफूले काम गर्ने भएकाले यो प्याकले विशेष गरी ग्राहकहरूलाई विभिन्न उद्देश्यका लागि भारत भ्रमण गर्दा सस्तो दरमा सजिलैसँग सम्पर्कमा रहन धेरै फाइदा पुर्‍याउने विश्वास एनसेलले लिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०

प्रतिक्रिया दिनुहोस्