सूचना/प्रविधि

एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्ने भएका छन्।

ग्राहकहरूले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरूका साथ पुनः सञ्चालनमा ल्याएको हो।

यो अफरमा ग्राहकले ७ दिन भ्यालिडिटी अर्थात् समयसीमा रहेको करसहित १५० मा ५ जिबी डेटा वा २०० मा ८ जिबी डेटा लिन सक्छन्। त्यसैगरी, ८८८ मा २८ दिन समयावधि रहेको ८८ जिबी डेटा खरिद गर्न सक्ने एनसेलले जनाएको छ।

यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस हो। यदि कुनै ग्राहकले ८ जिबी प्याकको प्याक खरिद गरको सात दिनभित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जिबी डेटा बोनसका रुपमा प्राप्त गर्न सकिन्छ।

डबल मजा प्याक खरिद गर्न ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गर्न सक्छन्। साथै, हालै मात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानलमार्फत् यो प्याक किन्न सकिन्छ।

थप परिष्कृत गर्दै पुनः संचालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा प्रदान गरिने भएकोले ग्राहकहरूलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहिरहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ। प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जतिपटक पनि यो प्याक खरिद गरी सन्चित हुने डेटा भोल्युममार्फत् इन्टरनेटमा पहुँचको फाइदा लिन लिन सक्छन्।

सात दिन भ्यालिडिटी भएका १५० र २०० का डबल मजा प्याकमा पाइने बोनसको सन्चित डेटा अधिकतम् २८ दिनसम्म चलाउन सकिन्छ। त्यसैगरी, ८८८ को प्याकमा पाइने सन्चित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ। 

यसैबीच, एनसेलले करसहित २२० मा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ। यो प्याकमा ग्राहकले ४ जिबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्दछन्।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०

प्रतिक्रिया दिनुहोस्