कला
‘द केरला स्टोरी’ फिल्मलाई लिएर भारतमा बढ्यो विवाद


केरलाबाट बेपत्ता भएर इस्लाम धर्म ग्रहण गरेका युवतीहरूको कथामा आधारित फिल्म ‘द केरला स्टोरी’लाई लिएर विवाद बढ्दै गएको छ। यो फिल्म मे ५ मा रिलिज हुँदैछ।
चार दिनअघि रिलिज भएको फिल्मको ट्रेलर अहिलेसम्म १.४ करोडभन्दा बढी पटक हेरिएको छ।
केरलाबाट ३२ हजार बालिका बेपत्ता भएको दाबी गर्ने यो फिल्मले राजनीति र समाजलाई पनि दुई भागमा बाँडेको छ।
एउटा पक्षले फिल्मलाई भ्रम फैलाइरहेको आरोप लगाएको छ भने अर्को पक्षले केरलाको ग्राउन्ड रियालिटी बताइरहेको छ। जसमा अझै छलफल हुन बाँकी छ।
मुख्यमन्त्री विजयनले भनेका छन् कि फिल्मको ट्रेलर पहिलो नजरमा राज्य र साम्प्रदायिक ध्रुवीकरणको बिरूद्ध प्रचार गर्ने उद्देश्यले देखिन्छ।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले आइतबार विज्ञप्ति जारी गरी 'द केरला स्टोरी'का निर्माताहरूको आलोचना गरेका छन्।
उनले भने, ‘यसको मुद्दा यस्तो छ कि यसलाई अनुसन्धान एजेन्सीहरू, अदालत र केन्द्रीय गृह मन्त्रालयले पनि अस्वीकार गरिसकेको छ। यो मुद्दा अहिले केरलाको बारेमा उठाइएको छ र यो राज्यको अगाडि राज्यलाई बदनाम गर्ने उद्देश्य भएको देखिन्छ।’
विवादका बीच फिल्मका कलाकार र निर्माताले यसको बचाउ गर्दै सबैले पहिले फिल्म हेर्नुपर्ने र त्यसपछि यसबारे आफ्नो धारणा बनाउनुपर्ने बताएका छन्।