कला

पश्चिम बंगालमा ‘द केरला स्टोरी’लाई प्रतिबन्ध

पश्चिम बंगाल सरकारले ‘द केरला स्टोरी’लाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

कुनै पनि घृणा र हिंसाको घटना हुन नदिन र राज्यमा शान्ति सुरक्षा कायम राख्न यो कदम चालिएको प्रदेश सरकारले जनाएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री ममता बनर्जीले भनिन्, ‘कश्मीर फाइलहरू के हो? यो एउटा वर्गलाई अपमानित गर्नको लागि थियो। र केरला कथा के हो? यो तथ्यसँग छेडछाड गरेर मनगढन्ते कथा बनाइएको हो।’

यसबारे प्रतिक्रिया दिँदै फिल्मका निर्माता विपुल साहले भने, ‘यदि उनले (ममता बनर्जी)ले यस्तो गरेको भए कानुनी प्रक्रियामा जान्छौं। कानुनअनुसार जे हुन्छ, त्यो गर्छौं।’

यो प्रतिबन्ध उल्लंघन गर्ने थिएटरलाई कारबाही गरिने प्रदेश सरकारका एक अधिकारीले बताए।

तमिलनाडुमा पनि थिएटर मालिकहरूले चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका थिए।

‘द केरला स्टोरी’का निर्देशक सुदिप्तो सेन हुन्। शुक्रबारबाट रिलिज भएको यो चलचित्र सिने जगतका अलावा राजनितिक पनि छ।

यसले तीन दिनमै ३५ करोड बढी रकम संकलन गरिसकेको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, जेठ १०
नवपथ संवाददाता
काठमाडौं, वैशाख २५ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, वैशाख २५ (एजेन्सी)