कला
डिआइजी खापुङले लेखेको ‘भाग्यमा नै नलेखेको’ गीतको भिडिओ सार्वजनिक

नवपथ संवाददाता
काठमाडौं, वैशाख २५

‘भाग्यमा नै नलेखेको’ नेपाली गीतको भिडिओ सार्वजनिक भएको छ।
वरिष्ठ गायक दीपक लिम्बुले आफ्नो युट्युब च्यानलमार्फत् उक्त गीतको भिडिओ सोमबार सार्वजनिक गरेका हुन्।
उक्त गीत लिम्बू आफैंले गाएका छन्। उक्त गीतको रचना नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) चन्द्रकुबेर खापुङले गरेका हुन्।
गीतको संगीत अर्जुन पोखरेलले गरेका छन्।
खापुङ प्रहरी सेवासँगै सांगीतिक यात्रामा सक्रिय व्यक्ति हुन्। उनले आफ्ना धेरै कविता तथा गीतहरू सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन्।
तेह्रथुममा जन्मेका डिआइजी खापुङ आफ्नै परिवेशअनुसार सांगीतिक यात्रामा क्रियाशील छन्।
यस्तो छ भिडिओ :
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०