कला
नवगायक सागर दाहालको ‘आइ एम जष्ट योर लभ’ सार्वजनिक

नवपथ संवाददाता
विराटनगर, जेठ १२

मोरङका नवगायक सागर दाहालको पहिलो गीत ‘आई एम जष्ट योर लभ’ सार्वजनिक भएको छ।
हाउस अफ आर्ट नामक युट्युब च्यानलबाट शुक्रबार म्युजिक भिडियोसहितको गीत सार्वजनिक भएको हो।
गायक दाहालकै शब्द र संगीतको गीतमा कलारकारहरू काजोल कार्की, रमेश भट्टराई, आरती बस्नेत, निशा दाहाललगायतले साथ दिएका छन्।
युवा अवस्थाको प्रेम कथा समेटिएको यस गीतमा एकोहोरो माया गरेर व्यक्त गर्न नसक्दाको परिणाम झल्काउन खोजिएको छ।
क्षितिज कोइरालाको निर्देशनमा रहेको यस गीतको एरेन्ज भने दिपेन थापा (स्मृति ब्याण्ड)ले गरेका छन्।
गीत सार्वजनिक भएसँगै गायक दाहालले आफ्नो पहिलो प्रयासलाई दर्शकले मन पराइदिएर हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०