कला

‘उपहार’ फिल्म लिएर आउँदै रेखा थापा

रेखा थापा।

नेपाली सिने जगतकी चर्चित अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले नयाँ फिल्म ल्याउने तयारी गरेकी छिन्।

‘मालिका’ फिल्म बनाएपछि राजनीतिमा सक्रिय थापाले पछिल्लोपटक नयाँ फिल्म ल्याउन लागेकी छिन्।

फिल्मको नाम ‘उपहार’ राखिएको छ। ‘रेखा फिल्म्स’को ब्यानरमा बन्न लागेको यो चलचित्र साउन अन्तिम सातादेखि सुटिङ हुने नायिका थापाले नवपथलाई जानकारी दिइन्।

फिल्मको गीत रेकर्डिङ सुरू गरिएको छ। फिल्ममा जम्मा चार वटा गीत रहने छ। चलचित्रको संगीत अर्जुन पोखरेल र बाबुल गिरीले गर्दैछन्।

थापाले यो फिल्म अत्यन्तै राम्रो हुने र फिल्म अवधि दुई घन्टा १०,१५ मिनेटसम्म दर्शकले भरपुर मनोरञ्जन दिने बताइन्।

Upahar1688469916.jpg

फिल्म नेपाल समाजमा घट्ने घटनाहरूमै आधारित हुने उनले बताइन्।

राप्रपा राजनीतिमा सक्रिय थापा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी थिइन्। उनी त्यहाँ पराजित भएकी थिइन्।

‘नेपाली राजनीतिमा जुन उतारचढाव देखियो, मैले ग्राउन्डमा गएर जे देखें, जे भोगें, समाजमा देखिने घटनामा आधारित फिल्म बनाउन लागेकी हुँ,’ थापाले भनिन्।

Upahar1688469976.jpg

आफू फिल्म र राजनीति दुबैमा सक्रिय रहेको र फिल्म निर्माण कहिल्यै पनि नरोकिने थापाले बताइन्।

यो फिल्मको अभिनेत्रीमा उनले पूजा शर्मालाई लिएकी छिन्। मुख्य अभिनेतासहित अन्य कलाकारहरूको टुंगो चाँडै लाग्ने थापाले बताइन्।

थापाले यसपटक पार्श्व गायनमा चर्चित गायिका एलिना चौहानलाई लिने भएकी छिन्।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, असोज ६
नवपथ संवाददाता
काठमाडौं, भदौ १८ (एजेन्सी)
चन्द्रकुबेर खापुङ
भदौ १६