कला
रकगायक रविन तामाङ घरमै मृत फेला


नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ।
उनको मंगलबार बेलुका निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ।
मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
तामाङको मंगलबार बेलुका करिब ६ बजे बुढानिलकण्ठ-५ चिसेनीस्थित घरमा निधन भएको जनाइएको छ।
उनको मृत्यु के कसरी भयो भन्ने विषय खुलिसकेको छैन। महाराजगन्ज वृत्तकी प्रहरी निरीक्षक भगवती तिम्सिनाका अनुसार तामाङको शव घोप्टो परेको अवस्थामा कोठामा फेला परेको हो।
प्रहरीका अनुसार तामाङको मृत्यु हृदयाघात वा मस्तिष्कघातका कारण भएको अनुमान गरिएको छ।
घटनाबारे उनकी दिदीले सुरूमा प्रहरीलाई रिपोर्ट गरेकी थिइन्। प्रहरी पुग्दा उनी मृत अवस्थामा थिए। उनी घरको दोस्रो तलामा मृत अवस्थामा फेला परेका थिए।
घटनाबारे अनुसन्धान भइरहेको उनले बताइन्। तामाङले गीतसाथै नेपाली फिल्ममा समेत अभिनय गरेका थिए।