कला

ऐतिहासिक फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा सौगात मल्ल

ऐतिहासिक राजनीतिक घटनामाथि बन्न लागेको फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्।

फिल्मका निर्देशक रिमेश अधिकारीका अनुसार बुधबार निर्माण कम्पनी र अभिनेता मल्लबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

आगामी चैतदेखि छयाङ्कन गर्ने तयारी रहेको फिल्ममा सौगातको पात्रबारे खुलाइएको छैन्। निर्देशक अधिकारीले अन्य कलाकारहरू तय गर्ने क्रम बाँकी रहेको बताए। तर मल्ललाई शीर्ष भूमिकामा अनुबन्ध गरेको उनले जानकारी दिए।

इतिहासविद्हरूसँग छलफल गरेर तथ्यहरू तयार पारिएकाले फिल्म काल्पनिक नहुने उनको भनाइ छ। काठमाडौं र चितवनमा फिल्मको छायांकन हुने उनले जानकारी दिए।

प्रमुख महिला पात्रमा भने अभिनेत्री नम्रता श्रेष्ठको चर्चा छ। यसअघि ‘नालापानी’ निर्माण गरिसकेका अधिकारीले त्यसमा भएका कमिकमजोरीलाई सुधार गर्दै ‘कोतपर्व’लाई उत्कृष्ट बनाउने जानकारी दिए।

फिल्म नेपालीसहित हिन्दी र चिनियाँ भाषामा पनि ल्याइने उनले बताए। चिनियाँ वितरकसँग पनि चीनमा रिलिज गर्नेबारे छलफल भइरहेको अधिकारीले जानकारी दिए। फिल्मको पोस्ट प्रोडक्सन मुम्बईको स्टुडियोमा गर्ने तयारी छ। विक्रम सम्वत १९०३ असोज २ गते भएको कोतपर्वपछि जंगबहादुर राणा शक्तिमा आएका थिए। त्यसपछि १०४ वर्षसम्म नेपालमा जहाँनिया राणाशासन चलेको थियो।

रिमेश अधिकारी फिल्म्स प्रोडक्सन प्रालि र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो। आरसी शर्मा र शारदा खड्का अर्याल निर्माता रहेको फिल्मको पटकथा महेश दवाडीको छ।

फिल्मको सहनिर्मातामा राजेन्द्र ढकाल र राजाराम सुवाल छन् भने कार्यकारी निर्मातामा शिव चन्द्र छन्।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, असोज ६
नवपथ संवाददाता
काठमाडौं, भदौ १८ (एजेन्सी)
चन्द्रकुबेर खापुङ
भदौ १६